काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १ सय १४ रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १ सय २९ रुपैयाँ ७३ पैसा हुँदा विक्रिदर १ सय ३० रुपैयाँ ४२ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ २६ पैसा र बिक्रीदर ८१ रुपैयाँ ६९ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ २० पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया