रवि लामिछानेको विचार र रास्वपाको संकल्पले नै मेरो राजनीतिको ढोका खोल्यो– डा. चन्दा कार्की (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले आफूलाई नियतिले प्रतिनिधि सभा सदस्य बनाएको बताएकी छन् । लोकपथ टिभीको लोकप्रश्न कार्यक्रममा कुराकानीका क्रममा उनले आफूले ३९ वर्षसम्म बिरामीको सेवा गरेको र जीवनको उत्तरार्धमा भाग्ले नीति निर्माण तहसम्म पुर्याएको बताएकी हुन् ।

महोत्तरीको एउटा दुर्गम गाउँमा जन्मिएर चिकित्सक बनेर अहिले संसद छिर्दा आफूलाई गर्व महसुश हुने गरेको उनले सुनाइन् । ‘महोत्तरीको एउटा दुर्गम गाउँमा जन्मे हुर्किएर डाक्टर बनेर अहिले सांसद बन्न पाउनु मेरा लागि खुसीको कुरा हो,’ उनले भनिन्, ‘हिजो मैले कुनै भूगोलका जनता बिरामी हुँदा जाचेँ होला अब म गतिलो नीति निर्माण गरेर देशकै उपचार गर्ने ठाउँमा पुगेको छु ।’

झण्डै ४ दशक चिकित्सकीय यात्रालाई पूर्णबिराम लगाउनु र राष्ट्रिय स्वतन्त्र पार्टी खुल्नुलाई आफूले संयोगको रुपमा लिएको उनले बताएकी छन् । ‘मैले चिकित्सकीय पेसाबाट विश्राम लिएको थिएँ त्यही बेला रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो,’ उनले भनिन्, ‘मलाई रबि लामिछानेको विचार र राष्ट्रिय स्वतन्त्र पार्टीको संकल्प चित्त बुझेपछि यस पार्टीमा आवद्ध भएँ ।’

प्रस्तुत छ डा. कार्कीसँग गरिएको भिडियो कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?