सबैभन्दा धेरै नाफा कमाउनेको सुचिमा नबिल बैंक पहिलो स्थानमा

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा १८ दशमलब ४५ प्रतिशत बनाएको छ । 

उक्त बैंकले दोस्रो त्रैमासिक अवधिमा आफ्नो खुद नाफा दुई अर्ब १७ करोड ६८ लाख रूपैयाँ आर्जन गरेको छ। नबिल बैंकको यो नाफा सबै वाणिज्य बैंकहरुको भन्दा बढी हो । त्यस्तै एक अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ ।

वाणिज्य बैंकले एक अर्ब ९६ करोड खुद नाफा कमाएको छ । 

निजी क्षेत्रकाट सञ्चालित इन्भेष्टमेन्ट बैंक अन्य बैंकहरुको तुलनामा उल्लेख्य सुधार गरेको हो । यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको छ ।

बैंकले बुधवार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड ‘एनएफआरएस’प्रणाली अनुसार नबिल बैंकले पुस मसान्तसम्ममा वितरण योग्य नाफा दुई अर्ब ४ करोड ५० लाख रहेको छ । गत वर्ष बैंकको योग्य नाफा ‘फ्रि प्रोफिट’ एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११ दशमलब २८ प्रतिशतले वृद्धि भएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?