ज्योति विकास बैंकको नयाँ शाखा सिन्धुलीमा सञ्चालन

काठमाडौं । ज्योति विकास बैंकले सिन्धुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

मंगलवार सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीबजारमा ज्योति विकास बैंकको नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । 

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले एक कार्यक्रमकाबीच माघ १५ गते (मंगलवार) संयुक्त रुपमा बैंकको उद्घाटन गरेका थिए । 

हाल बैंकको देशभर ८५ वटा शाखा कार्यालय रहेको छ । त्यस्तै २२ वटा एटीएम मार्पmत पनि सेवा दिँदै आइरहेको छ ।  

यसैगरी आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । 

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३ दशमलव ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत २० दशमलव ३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । 

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।

यस बैकले हाम्रो विकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै शुरुवात गर्ने तयारीमा छ । बैंक मर्ज भएपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?