काठमाडौं । माछपुच्छे बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै यो बैक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड.–२०२३ म्याक्सीमाईजिङ कस्टुर इन्गेजमेन्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको छ ।
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल इण्डिया बैंङलोरले प्रदान गर्ने इन्फोसिस फिनाकल इनोभेसन अवार्ड.–२०२३ म्याक्सीमाईजिङ कस्टुर इन्गेजमेन्ट गोल्ड नामक पुरस्कारबाट माछापुच्छे बैंक सम्मानित भएको हो । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ ।
इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया