टी-ट्वान्टी क्रिकेट : नेपालले युएईको सामना गर्दै

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’बीचको तीन टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज ‘बिहीवार’बाट शुरु हुँदैछ । 

तीन एकदिवसीय क्रिकेटको सिरिज २-१ ले जितिसकेको नेपाल र युएर्ई आज आमने-सामने हुँदैछन् । यी दुई टिमबीचको खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार दिउसो पौने ३ बजेपछि शुरु हुँदैछ । 

एकदिवसीय क्रिकेटको सिरिज जितेका नेपाली टोली उच्च मनोबलका साथ आज मैदानमा उत्रैछ । नेपालले टी-ट्वान्टी विश्वकप क्रिकेट खेलिसके पनि अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।

त्यसैले नेपाललाई टी-ट्वान्टी क्रिकेटको उपाधि जित्ने सुनौलो अवसर पनि छ । यदि नेपालले टी-ट्वान्टी क्रिकेट सिरिजको पनि उपाधि जिते नेपाली खेलकुदमा अर्को इतिहास रच्नेछ । 

नेपालले अहिलेसम्म दुई टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यहि वर्ष नेपालले श्रीलंकामा हङकङविरुद्ध पाँच खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल भने वर्षाले स्थगित भएको थियो ।

अन्तिम खेलमा भने नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो । 

त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्धको ४ खेलको टी-ट्वान्टी सिरिज ३-१ ले गुमाएको थियो । गतवर्ष मात्र नेपालले मेरिलेबन क्रिकेट क्लब र नेदरल्याण्ड्सविरुद्धको त्रिकोणात्मक सिरिज खेलेको थियो । तर, उक्त सिरिज भने वर्षाका कारण रद्ध भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?