एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो घरेलु मैदान क्याम्प नाउमा बुधवार राति सम्पन्न भएको क्वाटरफाइनलको दोस्रो लेगको खेल बार्सिलोनाले सेभियालाई ६-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फिलीप कौटिन्होले दुई गोल गरे ।
उनले खेलको १३ औँ मिनेटमा पेनाल्टीमार्फत तथा ५३ औँ मिनेटमा दुई गोल गरेका थिए । बाँकी गोल भने खेलको ३१ औँ मिनेटमा इभान राकिटिकले, ५४ औँ मिनेटमा सेर्गी रोबर्टोले, ८९ औँ मिनेटमा लुइस स्वारेजले तथा खेलको अन्तिम समयमा लियोनल मेस्सीले समान एक-एक गोल गरे ।
यता सेभियाका लागि भने खेलको ६७ औँ मिनेटमा एरना लेपेजले एक मात्र गोल फर्काएका थिए ।
यो जितसँगै बार्सिलोनाले समग्रमा ६-३ गोल अन्तरको जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । यसअघि भएको पहिलो लेगको खेलमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा रियल बेटिसले इस्पानियोललाई क्वाटरफाइनलको दोस्रो लेगको खेलमा ३-१ गोल अन्तरले पराजित ग-यो । समग्रमा रियल बेटिसले इस्पानियोललाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया