इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित, उपाधि होडमा रहेको लिभरपुलले बराबरी खेल्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत चेल्सी पराजित भएको छ । 

बुधवार राति सम्पन्न भएको २४ औँ चरणको खेलमा लिगको पाँचौ स्थानमा रहेको चेल्सी १० औँ स्थानमा रहेको बर्नेमाउथसँग ४-० गोल अन्तरले पराजित भएको हो । बर्नेमाउथको जितमा जोसुवा किङले दुई गोल गरे । उनले खेलको ४७ औँ र ७४ औँ मिनेटमा दुई गोल गरे ।

त्यस्तै ६३ औँ मिनेटमा डेभिड ब्रोक्सले तथा खेल सकिनै लाग्दा चार्ली ड्यानियल्सले समान एक-एक गोल गरे । निर्धारित समयसम्म चेल्सीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल चार-शुन्यको हार बेर्हो-यो ।

हारका बाबजुत चेल्सी ४७ अंकका साथ लिगको पाँचौ स्थानमा छ । त्यस्तै जित निकालेको बर्नेमाउथले भने ३३ अंक बनाएको छ । 

यता बुधवार राति नै भएको अर्को खेलमा टोट्नह्यामले वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित ग-यो । टोट्नह्यामका लागि खेलको ८० औँ मिनेटमा सन ह्योङग मिन र खेलको ८७ औँ मिनेटमा लोरेन्टे समान एक-एक गोल गरे ।

यता वाटफोर्डका लागि ३८ औँ मिनेटमा क्याथकार्टले एक मात्र गोल फर्काए । जितपछि टोट्नह्यामले ५४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । बुधवार राति नै भएको उपाधि होडमा रहेको लिभरपुल र लिचेस्टर सिटीबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।

यता साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग एक-एक गोलको बराबरीमा रोकेको छ । अहिलेसम्म लिभरपुल ६१ अंकका साथ लिगको शीर्ष स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?