काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले एक सय रन पूरा गरेको हो ।जिम्बावेविरुद्धको खेलमा नेपालले एक विकेट पनि नगुमाइ एक सय रन पूरा गरेको हो ।
नेपालले हाल २२.५ ओभरमा बिना विकेट १०० रन जोडेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ७७ बलमा ६० रन बनाए । त्यस्तै अर्का ओपनरआसिफ शेखले ६६ बलमा ३३ रन बनाएका छन् ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया