काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ ।
सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । जारी मिति भने असार पाँच गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्रबैंकको भनाई छ । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको नौं अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब ३३ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० साउन २ गते, २०८० असोज २ गते, २०८० पुस ३ गते र २०८१ असार ५ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार उक्त दिन बिक्री गरिने यि ट्रेजरी बिलहरु मध्ये ९१ दिने अवधिको नौं अर्ब ५३ करोड रुपैंयाँ मध्ये चार अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब ३३ करोड रुपैैंयाँ मध्ये तीन अर्ब नयाँ रहेपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही भदौ २९ गते पनि २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया