काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’बीचको तीन टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज ‘बिहीवार’बाट शुरु हुँदैछ ।
तीन एकदिवसीय क्रिकेटको सिरिज २-१ ले जितिसकेको नेपाल र युएईले आमने-सामने हुँदैछन् । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । यी दुई टिमबीचको खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार दिउसो पौने ३ बजेपछि शुरु हुँदैछ ।
एकदिवसीय क्रिकेटको सिरिज जितेका नेपाली टोली उच्च मनोबलका साथ आज मैदानमा उत्रैछ । नेपालले टी-ट्वान्टी विश्वकप क्रिकेट खेलिसके पनि अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।
त्यसैले नेपाललाई टी-ट्वान्टी क्रिकेटको उपाधि जित्ने सुनौलो अवसर पनि छ । यदि नेपालले टी(ट्वान्टी क्रिकेट सिरिजको पनि उपाधि जिते नेपाली खेलकुदमा अर्को इतिहास रच्नेछ ।
नेपालले अहिलेसम्म दुई टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी(ट्वान्टी विश्वकप खेलेको थियो । त्यहि वर्ष नेपालले श्रीलंकामा हङकङविरुद्ध पाँच खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल भने वर्षाले स्थगित भएको थियो ।
अन्तिम खेलमा भने नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया