काठमाडौं । सर्वोच्च अदालतले एनसेल कर छली प्रकरणमा परेको मुद्दाका सम्बन्धमा सुनुवाइका लागि बोलाइएको वृहत् पूर्ण इजलास सरेको छ ।
वृहत्त पूर्ण इजलास माघ २० गतेको लागि सारिएको हो ।
एनसेल बिक्रीवापत सरकारलाई तिर्नुपर्ने लाभकरसहित करीब ७१ अर्ब रुपैयाँ नतिरेको बारे सर्वोच्चले सुनुवाइका बृहत पूर्ण इजलास बोलाइएको थियो । यसका लागि सर्वोच्च अदालतले पूर्ण इजलास समेत गठन गरेको थियो ।
पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्रभप्रसाद श्रेष्ठ, आनन्द माहेन भट्टराई र टंकबहादुर मोक्तान रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया