एजेन्सी । अमेरिका र क्यानडाको सिमानामा रहेको विश्व प्रसिद्ध नायग्रा फल्समा घुम्ने रहर कसलाई नहोला । गर्मी मौसमको बेला सुन्दर र मनमोहक देखिन नायग्रा फल्स यति बेला भने बरफमा परिणत भएको छ ।
अमेरिकाको उत्तर पूर्वमा पर्ने यो फल्स हाल कम तापक्रमका कारण बरफले ढाकिएको छ । बिहीवार अमेरिकाको न्युनतम तापक्रम माइनस ३७ मा झरेको थियो । अत्याधिक चिसोको कारण अमेरिकाको विभिन्न शहरमा गरि ७ जनाको मृत्यु समेत भइसकेको छ ।
माइनसमा झरेको अमेरिकाको तापक्रम र अत्याधिक हिउँ परेकाले यति बेला नायग्रा फल्स घुम्ने आउने पर्यटकको संख्यामा वृद्धि आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । नायग्रा फल्स अमेरिकाको न्युर्योकतर्फ २ तथा एउटा क्यानडाको आन्टोरियातर्फ भएर बग्दछ ।
यो फल्स गोट द्वीपको कारण दूईभागमा विभाजित भएको हो । क्यानडामा पर्ने झरनालाई हार्सशु फल्स नामाकरण दिइएको छ भने अमेरिकातर्फ बहने दुई वटा फल्सलाई ब्रायडल वेल फल्स नाम दिइएको छ ।
सन् १८८० देखिनै यो फल्सको पानीबाट बिजुली उत्पादन गर्ने योजना बनाएको थियो । तर, सन् १९०२ मा नायग्रा पावर स्टेशन सञ्चालनमा ल्याइएको थियो । नायग्रा फल्सको पानी निक्कै निलो देखिने भएकाले पनि यहाँ आउने पर्यटकको संख्यामा दिनानुदिन वृद्धि भइरहेको बताइएको छ ।
नदीको तिव्र वहावका कारण काटिएर आउने स-साना ढुङगा र पानीमा मिसीएको नुनका कणका कारण नायग्रा फल्सको पानी निलो देखिएको बताइन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया