काठमाडौं । सन्दीप जोराले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन टी-ट्वान्टी क्रिकेट सिरिजको डेब्यु खेलमा अर्धशतकिय पारी खेलेका छन् ।
उनले युएईविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेट सिरिजमा पहिलो पटक अर्धशतकिय पारी खेलेका हुन् । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उनले नटआउट ५३ रन बनाए । उनले ४६ बलमा ३ चौका र एक छक्का प्रहार गरेका थिए ।
सन्दीपले युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका जोरासहित ४ जना युवा खेलाडीहरुले युएईविरुद्धको खेलबाटै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
कञ्चनपुर जिल्लाको भिमदत्तनगरका युवा क्रिकेटर जोराले घरेलु प्रतियोगितामा भने निक्कै उत्कृष्ट खेल प्रर्दशन गर्दै आइरहेका थिए । जिल्लास्तरीय र क्षेत्रीय प्रतियोगिता हुँदै यू–१९ राष्ट्रिय टोलीबाट खेल खेलिरहेका जोराले अन्तिम एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका हुन् ।
वि.सं २०७० सालमा धनगढीमा सम्पन्न यू–१६ क्षेत्रीय क्रिकेटमा जोराले कञ्चनपुरबाट पहिलो पटक खेल खेलेका थिए । त्यतिबेला उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया