कामना सेवा विकास बैंक र ट्रान्कुलिटी स्पाबीच सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र ट्रान्कुलिटी स्पाबीच सम्झौता भएको छ ।

यही असार तीन गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको हो । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले ट्रान्कुलिटी स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज थेरापी तथा सैलुन सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई प्रदान गर्ने स्पा सेवा सुविधाहरुमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?