काठमाडौं । तेश्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहितको ९ सदस्यीय नेपाली वादोरियो कराँते टोली भारत प्रस्थान गरेको छ ।
प्रस्थान गर्ने खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् ।
टोली नेतामा नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष एवं नेपाल कराँते महासंघका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अंकध्वज परियार रहेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता फ्रेब्रुअरी १ देखि ३ तारिखसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया