ज्योति विकास बैंकको एकै दिन पाँच ठाउँमा नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले मुलुकका विभिन्न जिल्लामा नयाँ शाखा सञ्चालमा ल्याएको छ । 

बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ सञ्चालनमा ल्याइएको हो । 

हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमकाबीच बैंकको उद्घाटन गरे ।   

त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

त्यस्तै निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखाको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका सञ्चालक नारायण प्रसाद पौड्यालले उद्घाटन गरेका थिए भने त्रियुगा नगरपालिका वडा न. ११, गाईघाट उदयपुरमा रहेको शाखाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएन मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 

यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैकले जनाएको छ । 

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । 

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । 

यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्ने बैंकले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?