विश्वले चिनेको एन्जेलिना, फिट हुने टिप्स यस्ता

सिर्जना मिश्र –

  विश्व प्रख्यात एन्जेलिना जोली जसलाई विश्वले चिनेको छ ।  

उनी एक हलिउड चलचित्र उद्योगकी विश्व विख्यात अभिनेत्री हुन् ।

उनले आफ्नो जीवनकालको ४३ औँ बसन्त पार गरिसक्दा पनि उनलाई त्यस्तै फिट देख्न सकिन्छ । 

तर उनको नाम सुनेका मध्ये धेरैलाई उनका बारेमा थाहा नहुन सक्छ कि उनलाई सन् २०१३ मा स्तन क्यान्सर भयो जसबाट बच्न उनले दुवै स्तन फाल्नु प¥यो  ।

साथै स्तन क्यानसरको केहि समय नबित्दै पाठेघरको क्यान्सर भयो त्यस बाट बच्न उनले पाठेघरको फ्यालोेपियन ट्युव र ओभरी फाल्न लगाएर क्यान्सर मुक्त भइन् । 

अहिलेसम्म आउँदा उनको तीन जना संग विवाह भइसकेको छ । साथै उनी ६ सन्तानकी आमा पनि हुन् । उनले तीनजना धर्म पुत्र पनि राखेकी छिन् । 

विश्वमा बहुचर्चित अभिनेत्री उनी सबैको प्ररणाको स्रोत भनेर पनि उनलाई चिन्न सकिन्छ ।  यो उमेरमा पनि उनी आफुलाई सुन्दरतामा त्यत्तिकै सक्रिय राख्न सक्षम छिन् तर यसको राज के हो त? आउनुहोस् जानौँः 

बिशेष किसीमको जीमः 
एन्जेलिना हरेक हप्ता रुटिन मिलाएर सोमबार देखि शुक्रबार सम्म  जिम धाउने गर्छिन् । जसले गर्दा उनले आफ्नो चाहेको जस्तो फिगर मेन्टेन गर्न सक्षम छिन् । उनी गुन्नर पिटरसन  प्रख्यात प्रशिक्षक द्धारा प्रशिक्षण लिइरहेकी छिन् । 

तौल व्यवस्थापनः 
एन्जोलिना फिट रहन सधै तौल कम गर्ने क्रियाकलाप गर्छिन्  । साथै उनले कम क्यालोरीयुक्त खाना खाएतापनि तौल मेन्टेन गर्न पर्याप्त मात्रामा फलफुल र तरकारी खाने बताएकी छिन् ।  

नियमीत व्यायामः 
फिल्मका लागि आवश्यक फिगर बनाइराख्न उनी दैनिक २ घण्टा कसरत वा व्यायाम गर्छिन् । प्रशिक्षकको निगरानीमा व्यायाम गर्दा उनले आफ्नो शरिरको हड्डी र मांसपेशी लाई बिषेश ख्याल राख्ने गरेको बताउँछिन् । 

सन्तुलित भोजनः 
उनको प्रमुख रहस्य नै उनले नियमित सेवन गर्ने भोजन हो । उनले प्राय धेरैजसो पुराना अन्न मात्र सेवन गर्ने र बिभिन्न किसिमका नट्स, तरकारी आदिका बीजहरु समावेश भएको अनाज खाने गर्छिन् । उनको अनुसार यस्ता फाइबर युक्त खानेकुराले शरीरलाई स्वस्थ राख्ने, छालालाई चम्किलो बनाउने तथा पाचन प्रणाली बलियो बनाउन सहयोग गर्ने उनी बताउँछिन् । बिशेष खान अन्र्तगत थोरै मासु  अर्गानिक फलफुल तरकारी र नट्स खाने गर्छिन् । _एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?