धरानमा ज्योति बैंकको नयाँ शाखा

काठमाडैं । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको नयाँ शाखा औपचारिक रुपमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले माघ १७ गते संयक्त रुपमा उद्घाटन गरेका थिए । 

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 

यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा र २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने तयारीमा रहेको बैंकले जनाएको छ । 

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । 

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । 

बैंकले हाम्रो विकास बंैकलाई प्राप्ति गरी एकीकृत कारोबार चाँडै नै सञ्चालनमा ल्याउने तयरी समेत गरेको छ । 

एकीकृत कारोबारपछि बैंकको चुक्त पूँजी ३ अर्ब १० करोड पुग्ने बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?