समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन

लोकपथ
0
Shares

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले औरहीमा पनि शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबार आफ्नो १० औं शाखाकोरुपमा शाखा कार्यालय औरही, महोत्तरीको समुद्घाटन गरेको हो । औरही नगरपालिकाका मेयर प्रदिप कुमार खडका र समृद्धि फाईनान्स लि.का संचालक दुर्गा थापाले संयुक्तरुपमा उक्त शाखाको समुद्धघाटन गरेका हुन । फाईनान्सको संचालक दुर्गा थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा औरही नगरपालिकाको मेयर प्रमुख अतिथि रहेका थिए । संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा, औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग बाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदिप कुमार खडका लगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै वैकको उत्तरोक्तर प्रगतिको शुभकामना दिए ।

अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । फाईनान्सले यसै हप्ता थप दुई वटा नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । फाईनान्सको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?