काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर ‘आइपिओ’ शुक्रवारदेखि बिक्री शुरु भएको छ ।
कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् एक हजार बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम तीन हजार ३ सय ७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिनेछ ।
बिक्री हुन लागेको शेयरमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया