एट्लान्टिक महासागरमा बेपत्ता पनडुब्बीको अवस्था अझै अज्ञात, अक्सिजन सकिने चिन्ता

लोकपथ
154
Shares

काठमाडौं । टाइटानिकको भग्नावशेष हेर्नका लागि पनडुब्बी उत्तरी एट्लान्टिकमा गएको थियो । तर गत आइतबारदेखि यो पनडुब्बी सम्पर्कबिहिन भएको छ । पनडुब्बीमा पाँच जना यात्रुका लागि मात्र १० घण्टा अक्सिजन बाँकी छ। बेपत्ता जहाजमा रहेका पाँच जनामध्ये बेलायती अर्बपति हमिस हार्डिङ, पाकिस्तानी टाइकुन राजकुमार दाउद र उनका छोरा पनि रहेका छन् ।

क्यानेडियन कोस्ट गार्ड गाडीले लगातार यस पनडुब्बीको बारेमा पत्ता लगाउन प्रयास गरिरहेको छ। क्यानडाको कोस्ट गार्डको गाडीले समुद्र भित्रबाट केही आवाज सुनेको खबर एक दिन अगाडि पाएको थियो । यसले आशा भने पक्कै जगाएको छ ।

रोबोटिक सर्च अपरेशन शुरु 

मंगलबार खोज टोलीले यसलाई पत्ता लगाउन पानीमुनि रोबोटिक सर्च अपरेशन (आरओभी) सञ्चालन गरेको थियो। तर, त्यसको पनि कुनै फाइदा भएन ।

पनडुब्बी पत्ता लगाउन बहुराष्ट्रिय अभियान चलिरहेको छ । यसमा अमेरिकी कोस्ट गार्ड, क्यानेडियन सैन्य विमान, फ्रान्सेली जहाज र टेलिगाइड रोबोटहरू छन्।

अमेरिकी कोस्ट गार्डका अनुसार पनडुब्बीमा रहेका मानिसहरूसँग १० घण्टाभन्दा कम अक्सिजन बाँकी छ, त्यसैले उद्धार टोलीहरू चौबीसै घण्टा काम गरिरहेका छन्।

यो पनडुब्बी आपतकालीन अवस्थामा ९६ घण्टा अक्सिजन आपूर्ति गर्न डिजाइन गरिएको थियो। पनडुब्बीका चालक दलसँग सीमित रासन रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?