काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।
जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा नेपाल र वेस्ट इन्डिजविरुद्धको खेल केही बेरमा शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
समूह चरणको अन्तिम खेल नेपालले शनिवार नेदरल्यान्ड्सँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया