नुवाकोट, ८ कात्तिक ।पुर्व सांसद तथा हाल राप्रपा राष्ट्रबादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे(श्रेष्ठ)ले कांग्रेस प्रवेश गरेकी छिन् । उनले कांग्रेस नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुन नरसिंह केसीलाई जिताउन लागिपर्ने समेत बताएकी छिन् ।उनले राप्रपा राष्ट्रवादीबाट निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबै समर्थन केसीलाई रहेको घोषणा गरेकी हुन् ।श्रेष्ठले बुधबार एक बक्तव्य जारी गर्दै आजकै मितिबाट लागु हुनेगरी राप्रपा राष्ट्रबादीको साधारण सदस्य लगायत कुनैपनि तहमा नरहनेगरी आफ्नो नाम झिकिदिन भनेकी छन् ।उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छन् ।श्रेष्ठले आफुले गहन विष्लेषण र सुभेच्छुकहरुको सल्लाह एवं सुझाव अनुसार मुलुकको ऐतिहासिक र पुरानो लोकतान्त्रिक आन्दोलनको प्रतिक नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने निर्णय लिएको जनाएकी छन् ।श्रेष्ठ नुवाकोटको विदुर नगरपालिकाकी श्रेष्ठ गत ७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद बनेपनि केही दिनअघिमात्र राप्रपा राष्ट्रबादीमा प्रवेश गरेकी थिइन् ।केसीले प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिएको नुवाकोट–२ मा बामगठबन्धको तर्फबाट एमालेका नारायण खतिवडा प्रतिद्धन्द्धीको रुपमा चुनावी मैदानमा खडा छन् ।बाम गठबन्धन भएपनि केसीको व्यक्तित्वका कारण उनको पक्षमा तीब्र माहोल रहेको बताइन्छ । यसैबेला राज्यलक्ष्मी जस्तो प्रभावशाली नेतृ राप्रपाको तर्फबाट उम्मेदवारी त्यागेर अर्जुन नरसिंह केसीको पक्षमा लाग्नुले उनलाई ठूलो राहत भएको बताइन्छ ।०७०को संविधानसभाको निर्वाचनमा केसी १७ हजार ३४६ मतका साथ विजयी भएरका थिए भने अहिले फेरि फलाकिलो मतान्तरका साथ विजयी बन्ने धूनमा रहेका छन् ।बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, बिदुर नगरपालिका मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका मिलाएर नुवाकोट क्षेत्र नम्बर २ बनाइएको हो । यहाा कुल मतदाता १ लाख २ हजार ८९७ रहेको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया