काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध फिल्डङ गरिरहेको छ ।
जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् ।
ऐरीले वेस्ट इन्डिजका निकोलस पुरन पेभेलियनलाई आफ्नो शिकार बनाएका हुन् । पुरनले एक सय १५ रन बनाएर आउट भएका हुन् ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
समूह चरणको अन्तिम खेल नेपालले शनिवार नेदरल्यान्ड्सँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया