वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको लक्ष्य

लोकपथ
161
Shares
HARARE, ZIMBABWE – JUNE 20: Karan KC of Nepal celebrates the wicket of Steven Taylor of USA during the ICC Men’s Cricket World Cup Qualifier Zimbabwe 2023 match between Nepal and USA at Takashinga Cricket Club on June 20, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले ३ सय ४० रनको लक्ष्य पाएको छ । जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा भएको खेलमा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ सय ४९ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए ।

कप्तान शाई होप र निकोलस पुरनले १ सय ७२ बलमा २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?