काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १ सय १४ रुपैयाँ २९ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १ सय ३० रुपैयाँ ४४ पैसा हुँदा विक्रिदर १ सय ३१ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८३ रुपैयाँ ०० पैसा रहेको छ ।
बहराइन दिनारको एकको खरिददर ३०१ सय ५७ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै आज आइतबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा तोकिएको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रिदर १० रुपैयाँ ५० पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ७५ रुपैयाँ १६ पैसा र बिक्रिदर ३ सय ७७ रुपैयाँ १४ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया