नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ६८ रनको लक्ष्य

लोकपथ
91
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए ।

सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए ।

भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए।

नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २र२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १-१ विकेट लिए ।

आज नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?