नेपाल भर्सेस भारत : हेड टु हेड

लोकपथ
707
Shares

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार भारतको सामना गर्दै छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे शुरु हुनेछ ।नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने दाउँमा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल भर्सेस भारत हेड टु हेड : 

नेपाललाई भारत सधै तगारोको रुपमा प्रस्तुत हुने गरेको छ । नेपालले हालसम्म भारतसँग २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जित हात पारेको छ । त्यस्तै, नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?