काठमाडौं । प्रभु बैंकले चुक्ता पूँजीको आठ प्रतिशत शेयर लाभांश दिने भएको छ ।
यसअघि बैंकले पाँच प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो ।
नयाँ प्रस्तावअनुसार बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६५ करोड ८७ लाख १५ हजार ८ सय ८२ तथा त्यसमा लाग्ने करवापत तीन करोड ४६ लाख ६९ हजार २ सय ५७ नगद लाभांश वितरण गर्नेछ ।
गत पुस २२ गते प्रस्ताव गरिएको शेयर र नगद लाभांशमा भने केन्द्रीय बैंकले सुधार गरेर ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार प्रभु बैंकले संशोधित प्रस्ताव सार्वजनिक गरेको छ ।
उक्त प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको निर्णयपश्चात् वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया