काठमाडौं । रेष्टुरेण्ट एण्ड बार संघले ‘रेबान’ले मजदुर संगठनले देशव्यापी संघर्ष गर्ने भएका छन् ।
‘रेबान’का अनुसार मजदुरलक्षित श्रम, रोजगार तथा सामाजिक सुरक्षाकोष मन्त्रालयले जारी गरेको श्रम ऐन अनुसारको न्यूनतम तलब भत्ता कार्यान्वयन गर्ने प्रतिकद्धता जाहेर गर्दा पनि मजदुर आन्दोलनमा उत्रिनु आपत्तिजनक रहेको बताएका छन् ।
‘रेबान’ले जारी गरेको बिज्ञप्तिमा ग्राहकबाट उठ्ने टिप्स सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने प्रतिबद्धता गर्दा पनि विभिन्न मजदुर संगठनले व्यवसायीहरुलाई धम्की र त्रासको वातावरण सिर्जना गर्दै आएको उल्लेख गरेको छ ।
सर्वोच्च अदालतले कारण देखाउँदै आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले जनाएको छ । उपभोक्ता केन्द्रित १० प्रतिशत सेवाशूल्क खारेज गरे लगत्तै विभिन्न संगठनबाट मजदुर विरोधमा उत्रिएका हुन् ।
नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले सेवा शुल्क खारेजीको बिरोधमा मंगलवारदेखि देशका सबै रेष्टुरेण्ट बन्द गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया