आशिष चौधरीको डेब्यू गोलमा नेपाललाई अग्रता

लोकपथ
665
Shares

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले एक गोलको अग्रता बनाएको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी नेपाल र पाकिस्तान बीचको खेलमा नेपालका लागि आशिष चौधरीले खेलको ७९ औं मिनेटमा गोल गरेका हुन् । आशिष चौधरीका लागि यो डेब्यू गोल हो ।

नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् ।

समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?