काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपाल पाकिस्तानविरुद्ध १-० गोल अन्तरले विजयी भएको हो ।
नेपालका लागि आशिष चौधरीले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए । आशिष चौधरीका लागि यो डेब्यू गोल हो ।नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् ।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया