एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ ।
आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतवार भएको खेलमा लिगको तेस्रो स्थानमा रहेको म्याड्रिडले सातौं स्थानमा रहेको एलाभेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको ३० औँ मिनेटमा रियल म्याड्रिडका लागि करीम बेन्जिमाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको म्याड्रिडले दोस्रो हाफमा थप दुई गोल ग-यो । खेलको ८० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरे । एक पक्षिय रहेको खेलको अन्तिम समयमा मरियानाले गोल गरेपछि एलाभेस स्तब्ध भएको थियो ।
जितपछि रियल म्याड्रिडले ४२ अंक बनाएको छ । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाको ५० अंक छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड रियल बेटिससँग १-० गोल अन्तरले पराजित ग-यो । रियल बेटिसको जितमा कानालेसले खेलको ६५ औँ मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि रियल बेटिसले ३२ अंक बनाएको छ ।
आइतवार राति नै भएको खेलमा इबोरमा जिरोनालाई ३-० गोल अन्तरले पराजित ग-यो । भिल्लारियल र स्पानियोलबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया