मेस्सीको आगमन हुने भएसँगै पोस्टरले रंगिन थाल्यो मियामी शहर, टिकट बिक्री बढ्यो

लोकपथ
350
Shares

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीको आगमन अगाडि नै अमेरिकाको मियामी शहर उनको चित्रले रंगिएको छ ।

त्यस्तै, उनको क्लब टिकटको बिक्री पनि बढेको छ । मेस्सीका पेन्टिङ विभिन्न स्थानमा राखिएको छ । उनको १० नम्बरको अर्जेन्टिनाको जर्सी सहरका अधिकांश मानिसले लगाउने गरेका पनि देखिन थालेको छ ।

जुलाई २१ मा हुन सक्छ  डेब्यु : 

आफ्नो नयाँ क्लबसँग कागजी कार्यलाई अन्तिम रूप दिएपछि मेस्सीले इन्टर मियामीबाट डेब्यु गर्नेछन् । आधिकारिक पुष्टि नभएपनि उनले लिग कपमा क्रुज अजुलविरुद्ध जुलाई २१ मा इन्टर मियामीमा डेब्यु गर्ने अपेक्षा गरिएको छ।

टिकट मूल्य वृद्धि :

मेस्सी आउने भएपछि खेलका टिकटका मूल्यहरु वृद्धि भएका छन् । क्लबहरुले पछाडी हुने खेलहरुको पनि प्रि बुकिङ गर्न थालेका छन् । टिकट खरिदकर्ता र बिक्रेता भिभिड सिट्सले उपलब्ध गराएको तथ्याङ्क अनुसार इन्टर मियामीको क्रुज अजुल विरुद्धको खेलको औसत सूचीबद्ध मूल्य ६ जुन (मेस्सीको घोषणा हुनु अघिल्लो दिन) अमेरिकी डलर १२६  बाट बढेर २,१५१ अमेरिकी डलर पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?