एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको लिरभपुलले वेस्टह्यामसँग बराबरी खेलेको छ ।
सोमवार राति सम्पन्न भएको खेलमा २५ औँ चरणको खेलमा लिभरपुलले १२ औँ चरणको खेलमा वेस्टह्यामसँग एक-एक गोलको बराबरी खेलको हो । लिभरपुलको लागि खेलको २२ औँ मिनेटमा साडियो मानेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
मानेले गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै एन्टोनियोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरी रोकिएको दुवै टिमले दोस्रो हाफमा भने थप गोल गर्न सकेन् ।
बराबरीपछि दुवै टिमे समान एक-एक अंक बाडेका छन् । लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको ६२ अंक छ भने वेस्टह्यामको ३२ अंक छ ।
लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५९ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया