अमेरिकी डलरको मुल्यमा सामान्य वृद्धि, यस्तो छ आजको विनिमयदर

काठमाडौं । सोमवारको तुलनामा मंगलवार अमेरिकी डलरको मुल्य नैं पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रीदर १ सय १५ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १ सय ३१ रुपैयाँ १६ पैसा हुँदा विक्रिदर १ सय ३१ रुपैयाँ ८५ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८३ रुपैयाँ २५ पैसा रहेको छ ।

बहराइन दिनारको एकको खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा तोकिएको छ । त्यस्तै आज मंगलवार  कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा तोकिएको छ ।

जापानीज १० यनको खरिददर  १० रुपैयाँ ४३ पैसा र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ७७ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३ सय ७९ रुपैयाँ ९७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?