काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको लागि सोमबार पुन ट्रेजरी बिल अर्थात ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन २९ अर्ब ६६ करोड छ लाख ५५ हजार रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति असार १८ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सोमबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार जारी गरिने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ९१ करोड छ लाख ५५ हजार रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः बिसं २०८० साउन १६ गते, बिसं २०८० असोज १६ गते, विंस २०८० पुस १७ गते र विंस २०८१ असार १९ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।
भोलि बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ रहेपनि बाँकी २४ अर्ब ६६ करोड लाख ५५ हजार रुपैंयाँ बराबरको ट्रेजरी बिल भने पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि गत साता पनि राष्ट्र बैकले २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया