वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आजबाट शुरु हुँदै

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आज ‘मंगलवार’देखि काठमाडौंमा शुरु हुँदैछ । 

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शुरु हुन लागेको यो प्रतियोगिताको आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको फाउन्डेसनका अध्यक्ष तथा कांग्रेस नेता प्रकाश मान सिंहले जानकारी दिए । 

यस अघि योङ स्टार क्लबले गणेशमान सिंहको नाममा दुई संस्करणको  राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सात प्रदेश तथा ३ विभागिय टोली नपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको हरेक तौल समूहको विजेताले २५ हजार, दोस्रो हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ७ हजार र पाँच हजार रुपैयाँ प्रदान गर्नेछ । 

त्यस्तै सर्वोत्कृष्ट प्रदर्शन गर्ने पुरुष खेलाडीलाई मोटर साइकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।प्रतियोगिताको लागि ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । चार दिनसम्म बसन्तपुर डबलीमा चल्ने यो प्रतियोगिता ४ दिनसम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?