नरेनको शानदार शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

लोकपथ
119
Shares

काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन जोड्यो । नरेन भट्टले अविजित एक सय १२ रन बनाए। नरेन भट्टको शानदार शतकको मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए। उनले ८९ बलमा २ छक्का र १० चौका प्रहार गरेका छन्।

नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो।

निरज कुमार यादवले ४७ रन बनाए। लिग चरणमा यी दुई टोली भिडेकामा मलेसिया ९९ रनमा समेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?