काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई १४ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
प्रतिकित्ता एक सय अङ्कित दरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको बोर्डले जनाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीले यसअघि आयोजनाबाट प्रभावित दोलखा र रामेछाप जिल्लाका बासिन्दाका लागि लागि नौ लाख ९० हजार कित्ता शेयर बिक्री गरेको थियो । जारी पूँजी ९९ करोड मूल्यको दश प्रतिशत बराबरको ९ करोड ९० लाखको साधारण शेयर बिक्री गरेको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् रामेछापको खिम्ती गज्र्याङ १३२ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । कम्पनीले उपल्लो खिम्ती १२ मेगावाट र माथिल्लो खिम्ती सात मेगावाट क्षमताका आयोजना पनि निर्माण गरिरहेकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया