अपराजित रहँदै नेपालले जित्यो एसीसी कपको उपाधि

लोकपथ
294
Shares

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको उपाधि हात पारेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २१ रनले विजयी भएको हो ।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।

मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १र१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।

नेपाल अपराजित रुपमा उपाधी विजेता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?