काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’का प्रतिनिधिले त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।
‘आईसीसी’का प्रतिनिधिले कीर्तिपुरस्थित त्रिवी मैदान एकदिवसीय क्रिकेटको सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गरेका हुन् । आईसीसीका प्रतिनिधि एण्डी अड्किङसनले मैदानको चेकजाच गरेका थिए । उनले आज ‘मंगलवार’ मैदानको पिच, आउट फिल्ड लगायतको चेकजाच गरेका थिए ।
आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेलेका अनुसार अड्किङसनले मैदानको स्तरोन्नति गर्नु परेमा आईसीसीमा रिपोर्ट पेश गर्ने बताइन् ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको त्रिवि क्रिकेट मैदानको पिच पुनमर्मत गर्नु पर्ने बताइएको छ । निकै पुरानो यो मैदानको ३० यार्ड र आउट फिल्ड पनि खासै राम्रो छैन् ।
यो मैदानको पुनर्निर्माण भएमा सन् २०१९ भित्रै नेपालमा एकदिवसीय क्रिकेट खेलाउन सकिने बताइएको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले हालै मात्र यूएईविरुद्ध तीन एकदिवसीय र तीन टि-ट्वान्टी सिरिजको उपाधि जित्दै नयाँ इतिहास रचिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया