काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले आफ्रनो चौथो विकेट गुमाएको छ ।
नेपालको चौथो विकेटको रुपमा अर्जुन साउद आउट भएका हुन् । साउदले ८४ बलमा ४८ रन जोडेर आउट भएका हुन् ।
२६ ओभरसम्म आइपुग्दा नेपालले ४ विकेट गुमाएर १०३ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया