काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान गरेको छ ।
झापामा पाँच दिन बन्द प्रशिक्षण गरर नेपाली टोली आज ‘मंगलवार’ भारतको प्रस्थान गरेको हो । नेपाली टिमले भारतमा हुने हिरो महिला गोल्डकप फुटबल खेल्नेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंका रहेका छन् ।
भोली ‘बुधवार’देखि शुरु हुने उक्त प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्नेछ । पहिलो खेल माघ २६ गते हुनेछ । त्यस्तै २८ गते चिरपरिचित प्रतिद्धन्दी भारतसँग भिड्नेछ । राउण्ड रोबिन लिगको आधारमा खेलाइने खेलमा नेपालले फागुन १ गते इरानको सामना गर्नेछ ।
आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई मध्यनजरमा राख्दै नेपाली महिला टिमले यो प्रतियोगिता खेल्न लागेको हो ।
नेपाली टिममा गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मन माया लिम्वु रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी
स्ट्राइकर अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी र अनिता के सी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया