रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान

लोकपथ
840
Shares

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले छ । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए । तर पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने उनको भनाई छ ।

मंगलबार साँझ ६ बजे रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुरगेको थियो । प्रहरीका अनुसार गायकको शव भेटिदाँ उनको कोठाको ढोका भित्रबाट लक गरिएको थियो । प्रहरीले रोबिनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पलात लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए।

उनले भने, ‘हामी घटनास्थल पुग्दा उनी अचेत अवस्थामा थिए, उनको शरीर चिसो भैसकेको थियो । र पनि हामीले बचाउने प्रयासमा अस्पताल पु¥याएका हौं । घटनास्थलमा शंकास्पद कुरा केही देखिएन । प्रारम्भिक अनुसन्धानमा डाउट गर्ने ठाउँ छैन्,बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि नै भन्न सकिन्छ ।’

रोबिनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ । गायक तामाङको मुगलान एल्बम निकै रुचाईएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?