पेरिस आगलागीः १० जनाको मृत्यु, ३० घाइते

एजेन्सी ।  फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागीमा परि एक बालक सहित  १० जनाको मृत्यु भएको छ ।

आगलागीम अग्नि नियन्त्रकसहित ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ ।  

१४ वर्षको अन्तरालमा यो सबै पेरिसको सबै भन्दा भिषण आगलागि भएको बीबीसीले जनाएको छ । सन् २००५ को अप्रिलमा  पेसिरको ओपेरा हाउजिङको नजिकैको होटेलमा आगलागीहुँदा ११ जना बच्चाहरुसहित  २४ जनाको मृत्यु भएको थियो । 

आगलागी पनि सोही भवन परिसरकाट प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ तर  कारणबारे केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?