उत्तर कारियासँग वार्ता गर्न अमेरिकाको टोली प्योङयाङमा

एजेन्सी । अमेरिकी टोलीका संयोजक उत्तर कारियासँग वार्ता गर्न प्योङयाङ पुगेका छन् । 

उत्तर कोरियासँग आणविक निशस्त्रिकरणको विषयमा वार्ताका लागि अमेरिकी टोलीका संयोजक प्योङयाङ पुगेका हुन्  । बीबीसीले जनाए अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको शिखर वार्ता अघि अमेरिकी टोली प्योङयाङ गएको हुन् ।  उत्तर कोरियाको आणविक निशस्त्रिकरणको खाका तयार गर्ने उद्देश्यले स्टेफन वेगन नेतृत्वको टोलीको उद्देश्य हो । 

उत्तर कोरियाले आणविक उत्पादनलाई बन्द नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी टोली प्योङयाङ पुगेको हो । अमेरिकाका राष्ट्रप

ति र उत्तर कोरियाका राष्ट्रिपतिबीच सन् २०१८ को जुनमा सिंगापुरमा दुई नेताबीच वार्ता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?