काठमाडौं। नबिल बैंकको ‘फर्स्ट जेनेरेसन’बैंकर कपिल शर्मा खनालको ब्रेन ट्युमरको उपचार गर्ने क्रममा निधन भएको छ।
लामो समयदेखि नबिल बैंकमा रहेका उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। उनका अफन्तका अनुसार हिजो साझँ शर्माको मृत्यु भएको थियो भने आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ।
केही समय अगाडी मात्र नबिल बैंक छाडेर क्लिन इनर्जी डेभलपमेन्ट बैंक गएका थिए। सुरुमा डेपुटी प्रमुख कार्यकारीका रुपमा त्यहाँ गएका उनी पछि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
उनको हिजो साँझ मेडिसिटी हस्पिटलमा उनको निधन भएको हो। शर्माकी श्रीमती र एक छोरा, एक छोरी छिन्। छोराछोरी दुबै अध्ययनका लागि अस्ट्रेलियामा छन्।
आफ्नो सिद्धान्तसँग सम्झौता गर्न नसकेकै कारण उनी बौद्धिक बैंकर हुँदाहुँदै पनि बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी बन्न नसकेको उनी निकटहरु बताउँछन्।
क्लिन इनर्जी एनएमबी बैंकसँग मर्ज हुने भएपछि उनले बैंकिङ करियरबाटै विश्राम लिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया