काठमाडौं । चर्चित जनगायक जीवन शर्मालाई मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले पार्टीबाट निलम्बन गरेको छ ।
पार्टी हितविपरित गतिविधि गरेको आरोपमा उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।
पार्टीले स्पष्टीकरणसमेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।
शर्माको सिमली छायामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् ।
परिवर्तनका लागि उनले सांगीगित क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया